काठमाडौं- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ ।
जनमोर्चाका महासचिव मनोज भट्टले थापालाई संसदीय दलको नेताबाट हटाइएको जानकारी दिए । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही गरिएको र यस विषयमा संसद् सचिवालयलाई जानकारी दिएको उनले जानकारी दिएका हुन् ।
सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए ।