कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र-Sutra News

कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुखलाई पत्र

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडाैं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाललाई नियुक्त गर्न माग गर्दै विपक्षी चार दलले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन् । 



नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई पत्र बुझाएका हुन् । कांग्रेस संसदीय दलका नेता नेपालीलाई मुख्यमन्त्री बनाउन पत्र बुझाएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए । 

चार दलले बुझाएको पत्रमा ३१ सांसद रहेको दाबी गरिएको छ । जसमा कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका तीन र जसपाका दुई जनाका सांसद रहेको दाबी गरिएको छ । 

प्रदेश प्रमुखलाई बुझाएको पत्रमा कांग्रेस, माओवादी र जसपाका संसदीय दलका नेता तथा जनमोर्चाका सचेतकले हस्ताक्षर गरेका छन् । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २६ वैशाखमा राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र सरकार गठन गर्न आह्वान गरेकी थिइन् । प्रदेश प्रमुखले दिएको समयभित्रै चार दलले मुख्यमन्त्रीको दाबी गरि पत्र बुझाएका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट