पछिल्लो २४ घण्टामा थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको-Sutra News

पछिल्लो २४ घण्टामा थप ९३०५ मा संक्रमण पुष्टि, ४ हजार बढी निको

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९३०५ जनामा संक्रमण पुष्टि भएको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार पीसीआरबाट ९२३८ र एन्टिजेनमा ६८ जनमा संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६८ जनाको मृत्यु भएको छ भने ४ हजार ४४४ जना निको भएका छन् ।

सबैभन्दा बढी काठमाडौंमा ३२५० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा २४ घण्टामा कूल ३९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

बुधबारसम्म देशभर सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६३४ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट