रुपन्देही- कपिलवस्तुमा वैशाख ३१ गतेसम्मको निषेधाज्ञा जेष्ठ १० सम्म लम्बिने भएको छ ।
बुधबार बसेको जिल्लास्तरीय कोरोना नियन्त्रण समन्वय समिति (डिसिसिएसी) ले थप १० दिनको लागि बन्दाबन्दी थप गरेको हो ।
कोरोना भाइरसको दोस्रो चरण सुरु भएसँगै जिल्लामा कोरोना संक्रमित थपिनेक्रम बढिरहेको छ ।
मंगलबार साँझसम्मको तथ्याङ्कअनुसार जिल्लामा कोरोनाका संक्रिय संक्रमित १ हजार २४८ छन् भने ९१ जनाको मृत्यु भएको छ ।