काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बहुमतको सरकार बनाउन नसकेपछि पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङलाई बुधबार मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् ।
कांग्रेस र माओवादीले निर्धारित आज ४ बजेसम्म सरकार बनाउन असफल भएपछि गुरुङ नै मुख्यमन्त्री बनेका हुन् ।
गुरुङले गत वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए ।