गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ-Sutra News

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले लिए शपथ

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीका रूपमा पुनः नियुक्त भएका एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले शपथ लिएका छन् ।



मुख्यमन्त्री गुरुङलाई संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएकी हुन् ।

गुरुङले तीन दिनअघि राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिएर बहुमतको सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई चार दलका ३१ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा दाबी गरेको भए पनि बहुमत नपुगेपछि पृथ्वीसुब्बा गुरुङलाई नै नियुक्त गरिएको हो ।

राष्ट्रिय जनमोर्चाका दुई सांसद खिमविक्रम शाही र कृष्ण थाले आफूहरु तटस्थ बसेपछि कांग्रेस संसदीय दलका नेता पोखरेलले बहुमत पुर्याउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट