कर्णालीमा दुई मन्त्री नियुक्त -Sutra News

कर्णालीमा दुई मन्त्री नियुक्त 

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुई मन्त्री नियुक्त गरेका छन् ।



रुकुमपश्चिमबाट निर्वाचित गोपाल शर्मा र सुर्खेतपश्चिमबाट निर्वाचित विन्दमान विष्टलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा राजीनामा दिएको मुख्यमन्त्रीनिकट स्रोतले जानकारी दिएको छ ।

नवनियुक्त आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानूनमन्त्रीलाई बुधबार नै शपथ गराउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट