७० आरोही सगरमाथा शिखरमा-Sutra News

७० आरोही सगरमाथा शिखरमा

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

काठमाडौं- देशमा कोरोना संक्रमणको जोखिम उच्च रहे पनि सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ ।



आज मात्रै ७० आरोही शिखरमा पुग्न सफल भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन् ।

हालसम्मको तथ्याङ्कानुसार यस वर्ष करीब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन् ।

यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट