बैतडीमा असिनाले तरकारी र फलफूलमा क्षति-Sutra News

बैतडीमा असिनाले तरकारी र फलफूलमा क्षति

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

बैतडी- बैतडीमा असिनापानीका कारण तरकारी र फलफूलमा क्षति पुगेको छ ।



आज परेको असिनापानीका कारण दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा तरकारी र फलफूल खेतीमा क्षति पुगेको हो ।

हावाहुरीसहित आएको असिना पानीले अन्नबाली सखाप पारेको दोगाडाकेदार गाउँपालिकाका कृषि प्राविधिक कविराज भट्टले जानकारी दिए । 

मल्लाढिक, कफलकोट लगायत विभिन्न गाउँमा पनि कृषि बालीमा क्षति पुगेको हो ।

व्यवसायिक तरकारी खेती गर्दै आएका किसानहरु असिनाले खेती नष्ट गरेपछि मर्कामा परेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट