कारबाही फुकुवापछि योगेशले भने- अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ-Sutra News

कारबाही फुकुवापछि योगेशले भने- अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं- नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले माधवसहितका चार नेताको कारबाही फिर्ताप्रति सकारात्मक अभिव्यक्ति दिएका छन् ।



भट्टाराईले ट्वीटमा भनेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’

आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गरेपछि भट्टराईले प्रतिक्रिया जनाएका हुन् ।

पार्टीलाई एक बनाउन अध्यक्ष केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट