माधव पक्षले छोडेन बटमलाइन, चार बजेसम्म जेठ २ मा नफर्किए राजीनामा-Sutra News

माधव पक्षले छोडेन बटमलाइन, चार बजेसम्म जेठ २ मा नफर्किए राजीनामा

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल पक्षले पार्टीलाई जेठ २ को अवस्थामा नफर्काए मध्यान्ह चार बजे राजीनामा दिने बताएकाे छ ।



नेपाल पक्षका एक नेताले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको जानकारी दिए ।

ती नेताले भने, ‘हाम्रो स्थायी कमिटी बैठक भयो । स्थायी कमिटी बस्दा-बस्दै उहाँहरूले कारबाही फिर्ता लिएको पनि हामीले सुन्यौं । हामी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने । गत फागुन २८ गते हाम्रो अनुपस्थितिमा भएका निर्णयमा रद्द गर्ने । पार्टीलाई २०७५ जेठद २ मा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्न सक्छौं ।’

अध्यक्ष ओलीले माधव पक्ष र रामबहादुर थापा ‘बादल’ पक्षसहितकाे स्थायी कमिटी बैठक बाेलाएका छन् । बैठककाे समय भने ताेकिएकाे छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट