काठमाडौं- पार्टीको आन्तरिक कलह समाधानबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ ।
दुई नेताबीच चपली घुम्तीस्थित व्यावसायी क्याप्टेन रामेश्वर थापाको घरमा भेटवार्ता सुरु भएको हो ।
माधव नेपालसहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय बिहीबार बसेको स्थायी कमिटी बैठले गरेपछि ओली र नेपालबीच वार्ताको वातावरण बनेको हो ।
तर नेपालले पार्टी नवौं महाधिवेशनपछिकै अवस्थामा फर्कनुपर्ने अडान राख्दै आएका छन् ।