काठमाडौं- कोरोना भाइरसको दोस्रो लहरले देशमा भयावह अवस्था छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या दैनिक सयभन्दा बढी छ ।
मृत्युको संख्या बढेसँगै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्नेको भीड लाग्ने गरेको छ ।
शव व्यवस्थापनका लागि पालो कुरेर बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्काेतिर दाउराको पनि अभाव छ ।
आर्यघाटमा पालो नपाउँदा केहीले बाग्मती किनारमै अन्त्येष्टि गरिरहेको देखिन्छ ।