ओली-नेपालबीच वार्ता जारी रहँदा झाँक्रीले भनिन्- ठोस प्रस्तावविना संवादको अर्थ छैन-Sutra News

ओली-नेपालबीच वार्ता जारी रहँदा झाँक्रीले भनिन्- ठोस प्रस्तावविना संवादको अर्थ छैन

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

काठमाडौं- नेकपा एमाले (झलनाथ खनाल-माधव नेपाल) पक्षकी युवा नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्तावविनाको संवादको अर्थ नभएको बताएकी छिन् ।



अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता जारी रहँदा झाँक्रीले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यस्तो बताएकी हुन् । ‘ठोस प्रस्ताव विनाको संवादको अर्थ छैन,’ उनले भनिन् ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीतर्फ संकेत गर्दै नेतृ झाँक्रीले संसद् विघटन सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै भइरहेको आरोप लगाएकी छिन् । उनले भनिन्, ‘आफूले संसद विघटन सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इसारामा यो सबै हुँदैछ ।’

जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि एक मात्र विकल्प विद्रोह भएको उनको भनाइ छ । आफूहरूले अध्यक्ष ओलीसामु आत्मसमर्पण गरे कम्युनिस्ट आन्दोलन विसर्जन हुने दाबी उनले गरेकी छिन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट