काठमाडौं- नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा पाँच बजे बोलाइएको हो ।
एक नेताकाअनुसार भौतिक दूरी कामय गरेर बैठक बस्न लागेकाे छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा गएर भेटवार्ता गरेका थिए ।
देउवा र प्रचण्डबीच समयमै बहुमतीय सरकारका लागि दावी पेस गर्ने सहमति बनेकाे छ । तर,अहिलेसम्म विपक्षी गठबन्धनका पक्षमा बहुमत देखिएको छैन ।
प्रचण्ड र जसपाका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्तापछि देउवा यतिखेर पदाधिकारी बैठकमा सहभागी छन् ।
राष्ट्रपतिले आह्वान गरेअनुरुप नयाँ सरकार बनाउन दिएको समयको डेडलाइन नजिकिँदै छ ।