काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले तत्काल राजीनामा नदिने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता पछि वरिष्ठ नेता नेपालले भने, ‘राजीनामा दुई, चार दिनलाई टर्यो, कार्यदल बन्छ । फागुन २८ को निर्णय फिर्ता गर्ने ०७५ जेठ २ मा फर्कने प्रकियाका बारेमा निरन्तर छलफल गर्ने सकारात्मक सोचेर कुराकानीलाई जारी राख्ने । र, मिल्ने दिशामा अगाडि बढ्ने कुरा भयो ।’
दुई नेताबीच चपली घुम्तीस्थित व्यावसायी क्याप्टेन रामेश्वर थापाको घरमा भेटवार्ता भएको थियो ।
नेपालसहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय बिहीबार बसेको स्थायी कमिटी बैठले गरेपछि ओली र नेपालबीच वार्ताको वातावरण बनेको थियो ।