अक्सिजनका लागि गुहार-Sutra News

अक्सिजनका लागि गुहार

बिहिबार, ३० बैशाख २०७८

बिहिबार, ३० बैशाख २०७८

ताप्लेजुङ- कोभिड-१९ को संक्रमणको संख्या बढ्दै गएसँगै ताप्लेजुङ जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुन नदिन विभिन्न संघस्थालाई गुहार्न थालेको छ ।



दिन प्रतिदिन कोभिडको संक्रमण वृद्धि हुर्दै गए पछि अक्सिजन अभाव हुन सक्ने भएकाले विभन्न संघस्थालाई गुर्हानुपरेको जिल्ला अस्पतालका निमित प्रमुख डा.सोनिम लामाले बताए ।

दैनिक रुपमा कोभिडको संक्रमित थपिदै गएकाले अक्सिजन अभाव हुन सक्ने लामाले बताए ।

जिल्ला अस्पतालसंग २० वटा सिलिण्डर अक्सिजन भएकोमा ९ मात्र स्टोरमा सहेको जिल्ला आस्पतालकाका सूचाना अधिकारी विजय राईले बताए ।

१५ वटा सिलिण्डर खाली भइसकेको जिल्ला अस्पतालका मेडिकल उपकर प्रविधिक सरोज चौधरीले बताए ।

गत हप्तामा ताप्लेजुङको मित्लुङमा निर्माणधिन सानीमा हाइड्रोवरले ६ वटा सिलिन्डर अक्सिजन जिल्ला अस्पतालाई उपलब्ध गरएको थियो ।

आज मनिष इन्जिनियरिङका संञ्चालक फुङलिङ नगरपालिका वार्ड नं ७ निवासी यामबहादुर गुरुङले ४ वटा अक्सिजन ग्याससहितको सिलिण्डर जिल्ला अस्पताललाई उपलब्ध गएरको जिल्ला अस्पतालले जनाएको छ ।

दिन प्रतिदिन कोभडको संक्रमण थपिदै जाने क्रममा छ । अक्सिजनको अभाव भइरहको स्पतालका निमित प्रमुख डा.लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट