काठमाडौं- नेकपा माओवादी केन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवम् नयाँ सरकार गठनका सम्बन्धमा छलफल गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज भएको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आज राति ९ बजेसम्म दिएको समयसीमा, अन्य दलसँग भएको छलफल तथा आवश्यक तयारीका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी गराका थिए ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ सरकार गठनबारे छलफल भए पनि कुनै निर्णय भने नभएको जानकारी दिए ।
उनले भने, ‘हामी अहिले पनि माधवकुमार नेपाल-झलनाथ खनाल पक्षको निर्णय पर्खिरहेका छौंँ, अहिलेसम्म उहाँहरुले निर्णय दिनुभएको छैन । उहाँहरुको निर्णय आएपछि मात्र बहुमतको सरकार दावी गर्न जाने, नजाने निर्णय हुन्छ ।’