काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् ।
राष्ट्रपति कार्यालयमा विपक्षी गठबन्धनले सरकार गठनको दावी गर्न नगएपछि स्वतः ठूलो दलको हैसियतले नेकपा एमाले अध्यक्ष तथा संसदीय दलको नेताको हैसियतले पुनः प्रधानमन्त्रीमा ओली नियुक्त हुन लागेका हुन् ।
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा पुनःनियुक्त हुने अध्यक्ष ओलीले नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभा बैठकमा बहुमत शिद्ध गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
प्रधानमन्त्री ओलीले भोलि पद तथा गोपनीयताको शपथ लिनेछन् ।