काठमाडाैं- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन् ।
उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।
‘पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष के.पी.शर्मा ओली नेपाल को ४३औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ उनले भनेका छन् ।