जापानको फुकुसीमामा शक्तिशाली भूकम्प-Sutra News

जापानको फुकुसीमामा शक्तिशाली भूकम्प

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

टोकियो- जापानको फुकुसीमा प्रिफेक्चरलाई केन्द्रविन्दु बनाएर शुक्रबार ६ म्याग्‍निच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।



विभागकाअनुसार जमिनको सतहभन्दा करिब ४० किलोमिटर गहिराइ केन्द्र रहेको उक्त भूकम्प स्थानीय समयअनुसार बिहान ८ बजेर ५८ मिनेटमा आएको थियो ।

उक्त भूकम्पको तीव्र त्यति बढी नभएको भन्दै विभागले सुनामीको चेतावनी जारी गरेको छैन । भूकम्पीय जोखिममा रहेको जापानमा वर्षभरि सानाठूला भूकम्प गइरहन्छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट