भारतमा रूसी खाेप स्पुतनिक भी बिक्री सुरु, प्रति डोज एक हजार-Sutra News

भारतमा रूसी खाेप स्पुतनिक भी बिक्री सुरु, प्रति डोज एक हजार

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

हैदराबाद- भारतको औषधि नियामक निकायले कोभिड-१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ ।



डा.रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय शहर हैदराबादस्थित रेड्डीजको एक औषधि पसलमा पहिलो खोप लगाएर कार्यक्रमको शुभारम्भ गरिएको छ ।

भारतमा डा.रेड्डीज ल्याबोरेटिजले रुसी स्पुतनिक भी खोप आयात गरिरहेको छ । स्पुतनिक भी खोपलाई भारतीय औषधि नियामक निकायले गत मे १ तारिखमा स्वीकृति प्रदान गरेको थियो । डा.रेड्डीजले भारतीय बजारमा उक्त खोपको मूल्य प्रति डोज भारु ९४८ तोकेको छ ।

कम्पनीले आगामी दिनमा खोपको संख्या अझ बढाउने जनाएको छ । स्पुतनिक भी खोप भारतमै उत्पादन हुन थालेपछि आपूर्ति पनि बढ्ने कम्पनीको भनाइ छ । स्पुतनिक भी खोप भारतमा उत्पादन गर्न छ वटा विभिन्न कम्पनीसँग छलफल चलिरहेको बताइएको छ ।

डा.रेड्डीज कम्पनीका सहअध्यक्ष एवं प्रबन्ध निर्देशक जी भी प्रसादले भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेकाले जतिसक्दो चाँडो खोप व्यवस्था गर्न आफूहरुले पनि प्रयास गर्न लागेको बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट