राजनीति थप गिजोलियोः उपेन्द्र यादव-Sutra News

राजनीति थप गिजोलियोः उपेन्द्र यादव

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको बताएका छन् ।



 प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढेका नेता यादवले पुनःओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा मुलुकको राजनीति थप अनिश्चितता तर्फ धकेलिएको बताएका हुन् ।

शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड-१९विरुद्धको खोप लगाएर बाहिरिदै गर्दा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले आफूहरू मुलुकलाई सही बाटोमा हिडाउन र मुलुकको राजनीति मुलुकका पार्टीहरुको हातभन्दा बाहिर नजाओस् भन्ने प्रयासमा रहेको बताए ।

‘राजनीतिको कोर्स करेक्सन भएन । गिजोलियो । गिजोलिदै जाँदाखेरी अझै नेपालको राजनीतिक दिशाहिनता, अनिश्चितता र अन्यौलतातर्फ धकेलिएको छ ।’ उनले भने, ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र माथि ग्रहण लाग्ने र धराममा पर्ने कार्य हुदै गएको छ । त्यसैले आउने दिनहरुमा लोकतन्त्र धरापमा पर्ने र आउँदो पुस्ताले फेरि संघर्ष गर्नुपर्ने हो कि भन्ने आशंकाहरु उत्पन्न भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट