अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आग्रह-Sutra News

अक्सिजन उद्योग निर्माणका लागि निजी क्षेत्रलाई आग्रह

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

दाङ- दाङको घोराही उपमहानगरपालिकाले लागत साझेदारी अनुदानमा अक्सिजन प्लान्ट निर्माणका लागि निजी क्षेत्रलाई आग्रह गर्ने निर्णय गरेको छ ।



नगर कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आज बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणका लागि सबै व्यवसायी तथा अस्पताललाई आह्वान गर्ने र उपमहानगरले लागत साझेदारीमा अनुदान उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए ।

दीर्घकालीनरुपमा अक्सिजन प्लान्ट आवश्यक देखिएको र त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उपमहानगरले अनुदानको व्यवस्था गर्ने निर्णय गरेको उनको भनाइ छ ।

समितिका संयोजक एवं नगरका कार्यवाहक प्रमुख सीता सिग्देलका अध्यक्षतामा बसेको बैठकले अक्सिजन प्लान्ट निर्माणमा अनुदान, सहकार्य र सहजीकरण गर्ने निर्णय गरेको हो ।

बैठकले कोरोना महामारीबाट बच्न लकडाउन र स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा विशेष जोड दिन नगरवासीलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट