ओली पक्षलाई नेपाल पक्षले भन्यो- जेठ २ मै फर्किनुपर्छ-Sutra News

ओली पक्षलाई नेपाल पक्षले भन्यो- जेठ २ मै फर्किनुपर्छ

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडौं- सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद मिलाउन दोस्रो तहका नेतासहित प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता सकिएको छ ।



३ घण्टासम्म चलेको वार्तामा माधव पक्षका नेता भीम रावलले पार्टी एकता कायम राख्न र पार्टीलाई अघि बढाउन गम्भीरतापूर्वक छलफल भएको जानकारी दिए ।

नेता रावलले भने, ‘२०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरु छलफल अघि बढाउने कुरा भयो । त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको छ । फेरि तुरुन्तै बसेर वार्ता हुन्छ ।’ 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट