काठमाडौं- चिनियाँ अन्तरिक्ष यान जुरोङ्ग मंगल ग्रहमा सफलता पूर्वक अवतरण गरेको शनिबार सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ ।
सात महिनाको यात्रा तथा तीन महिनासम्म परिक्रमा गरेपछि रोवर मंगल ग्रहमा अवतरण भएको चीनले जनाएको छ ।
यसअघि अमेरिकाले मात्रै मंगल ग्रहमा अन्तरिक्ष यान अवतरण गर्न सफल भएको थियो । शनिबार बिहान चिनियाँ यान जुरोङ्ग अवतरण भएसँगै मंगल ग्रहमा यो सफलता हाँसिल गर्ने विश्वको दोस्रो देश बनेको हो ।
चिनियाँ रोवरमा ६ वटा चक्का रहेका छन् । सो रोवर मंगल ग्रहको उत्तरी गोलार्धमा स्थिति युटोपिया प्लेनेशियामा गएको हो । मंगल ग्रहमा रोवर अवतरण गर्नु चीनका लागि ठूलो सफलता हो ।
जुरोङ्ग रोवरसँगैरहेको तिअन्वेन-१ नामक अर्बिटर पनि थियो, जो गएको फेब्रुअरीमा मंगल ग्रहमा पुगेको थियो ।