मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण-Sutra News

मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण

शनिबार, १ जेष्ठ २०७८

शनिबार, १ जेष्ठ २०७८

मकवानपुर- कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् ।



दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् ।

इन्द्रसरोवरमा आइसोलेशनका लागि आवश्यक सामग्री आइसके पनि स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए ।

इन्द्रसरोवरमा अहिले कोरोनाका सक्रिय सङ्क्रमित १५ जना छन् । मकवानपुरमा अहिले दुई हजार २४ सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट