काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आज जसपाको कार्यकारिणी समितिको बैठक नडाकिएको प्रष्ट पारेका छन् । अर्का अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकप्रति अनविज्ञता प्रकट गर्दै ठाकुरले पार्टीको कुनै बैठक नरहेको बताएका छन् ।
ठाकुरले शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै विभिन्न मिडिया र सामाजिक संजालबाट जसपाको बैठक भनी प्रसारित भइरहेका समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
पार्टी कार्यालयमा उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधर सदस्हयरुको बैठक बसिरहेका बेला ठाकुरले सो बैठकको आधिकारिकतामाथि प्रश्न उठाएका छन् । यसअघि ठाकुर पक्षले वहुमत सांसदको बैठकबाट राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो ।