पार्टीको विवाद समाधानका लागि ओली-नेपालबीच सिंहदरबारमा छलफल जारी-Sutra News

पार्टीको विवाद समाधानका लागि ओली-नेपालबीच सिंहदरबारमा छलफल जारी

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता सुरु भएको छ । पार्टीको आन्तरिक विवाद समाधानका विषयमा छलफल जारी छ ।



आइतबारको बैठकमा ओली र नेपालबीच पार्टीलाई ०७५ जेठ २ को वरपरको अवस्थामा फर्काएर अघि बढ्ने सहमतिको सम्भावना छ । त्यसका लागि कार्यदल बनाएर अघि बढ्ने बताइएको छ । 

पार्टीको आन्तरिक विवाद समाधानका लागि दोस्रो तहका नेताहरू पनि सक्रिय छन् । शुक्रबार सिंहदरबारमै ओली, माधव र अन्य नेताहरूबीच छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट