काठमाडौं- सत्तारुढ नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरिएको छ ।
आइतबार सिंहदरबारमा अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच भेटवार्ता पछि कार्यदल बनाइएको हो । कार्यदलमा ओली र नेपाल पक्षका ५/५ जना छन् ।
जसमा नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र रघुजी पन्त र गोकर्ण विष्ट छन् भने ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल प्रदीप, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् ।
कार्यदललाई तीन दिनको समय दिइएको छ ।