

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार साँझ ५ बजे मन्त्रिपरिषद बैठक बोलाएका छन् ।
बैठकमा कोरोना उपचार सामग्री र नियन्त्रणका लागि आवश्यक खोप खरिदसँग सम्बन्धित कानुन संशोधन गर्न अध्यादेश ल्याउने विषयमा छलफल हुने एक मन्त्रीले सुत्रन्यूजलाई बताए ।
आइतवार बसेको कोभिड १० संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्रीले प्रक्रियागत ढिलासुस्तीका कारण कसैको ज्यान जान नहुने बताएका थिए ।
कोभिड १९ नियन्त्रणका लागि गर्नुपर्ने खरिद प्रक्रिया ढिलो र झन्झटिलो भएकाले त्यसलाई संशोधन गर्न आवश्यक तयारीका लागि कानून मन्त्रालयलाई ओलीले निर्देशन दिएका थिए ।
आज बस्ने मन्त्रिपरिषद बैठकले खरिद प्रक्रियासम्बन्धी कानून संशोधन गर्न अध्यादेश ल्याउन सिफारिस गर्ने सम्भावना रहेको छ ।