मिस युनिभर्सको ताज मिस मेक्सिको एन्ड्रियालाई-Sutra News

मिस युनिभर्सको ताज मिस मेक्सिको एन्ड्रियालाई

सोमबार, ३ जेष्ठ २०७८

सोमबार, ३ जेष्ठ २०७८

काठमाडाैं- यस वर्षको मिस युनिभर्सको उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिका, फ्लोरिडाको हार्ड रक होटल एन्ड क्यासिनोमा भएको मिस युनिभर्स प्रतियोगिताको ताज २६ वर्षीया मिस मेक्सिको एन्ड्रियाले पाएकी हुन् ।



सन् २०२० को मिस युनिभर्स प्रतियोगिता कोरोना भाइरस महामारीका कारण पहिलो पटक रद्द भएको थियो ।

मिस युनिभर्स प्रतियोगिताको कार्यक्रम अमेरिकी कलाकार मारियो लोपेज र टेलिभिजन प्रस्तोता ओलिभिया कुल्पोले सञ्चालन गरेका थिए ।

पूर्व मिस युनिभर्सहरू चेस्ली क्रिस्ट, पौलिना भेगा र डेमी लिइग टेबोहरू प्रतियोगिताका विश्लेषक तथा टिप्पणीकर्ताहरू थिए । आठ जनाको प्यानलले एन्ड्रियालाई मिस युनिभर्स घोषणा गरेका हुन् ।

विश्वभरका ७० जना बढी सहभागीलाई पराजित गर्दै एन्ड्रिया ६९ औं मिस युनिभर्स बनेकी हुन् । उनी पेसाले सफ्टवेयर इन्जिनियर समेत हुन् ।

एन्ड्रिया मेक्सिकोबाट मिस युनिभर्स बन्ने तेस्रो महिला हुन् ।

   

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट