संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्: डा.भट्टराई-Sutra News

संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्: डा.भट्टराई

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसेको बताएका छन् ।



एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधलगायतका कारण देश संकटमा फसेको पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईको तर्क छ ।

मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो भनाइ लेख्दै डा.भट्टराईले संविधानका स्तम्भ एकएक गरी ढलेको पनि बताएका छन् ।

देशको वर्तामान अवस्थाबारे चिन्ता व्यक्त गर्दै उनले भने, ‘देश गम्भीर संकटमा फस्दैछ।एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ; न बैकल्पिक सरकार बन्न!संविधानका स्तम्भ एकएक गरी ढल्दैछन्!सबै पार्टी/नेता निरीह!सर्पको मुखका भ्यागुता! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट