कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक, के छन् एजेन्डा ?-Sutra News

कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक, के छन् एजेन्डा ?

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं- मुख्य विपक्षी दल नेपाली कांग्रेसले संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । बुधबार दिउँसो २:३० बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी बैठक बोलाएको हो ।



बैठकमा समसामयिक राजनीतिक विषयहरू र संसदको बजेट अधिवेशन लगायत विषयमा छलफल हुने प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि गत २७ वैशाखमा संसदको विशेष अधिवेशन बसेको थियो । तर, प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि स्थगित भएको संसद अधिवेशन सरकारले त्यसै राति अन्त्य गराएको थियो ।

३० वैशाखमै प्रधानमन्त्री केपी ओली पुनः संविधानको धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्त भएका छन् । अब प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

कांग्रेस भने प्रधानमन्त्रीले विश्वासको मत लिन असफल बनाउने रणनीतिमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट