विभाजन हुनबाट जोगियो जसपा, उपेन्द्र र महन्थबीच यस्ताे सहमति [विज्ञप्ति]-Sutra News

विभाजन हुनबाट जोगियो जसपा, उपेन्द्र र महन्थबीच यस्ताे सहमति [विज्ञप्ति]

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं- सत्तासमीकरणका कारण विभाजनको संघारमा पुगेको जनता समाजवादी पार्टी, नेपाल (जसपा) तत्काल विभाजित नहुने भएको छ ।



अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच जसपालाई एकढिक्का राख्ने सहमति भएको छ ।

मंगलबार दुवै अध्यक्षले संयुक्त विज्ञप्ति निकाल्दै पार्टीलाई एकढिक्का बनाएर लैजाने बताएका छन् । यसअघि दुवै अध्यक्षहरूको अलग-अलग विज्ञप्ति आउने गर्दथ्यो ।

जसपामा ठाकुर र राजेन्द्र महतो पक्षले सत्ता गठबन्धनमा तटस्थ रहने निर्णय गरेपछि ओली नै अल्पमतको प्रधानमन्त्री बनेका थिए ।

यादव र डा.बाबुराम भट्टराई भने ओलीलाई विस्थापित गरेर विपक्षी गठबन्धनलाई सहयोग गर्ने मनस्थितिमा थिए । यही विभाजित मनस्थितिका कारण जसपा विभाजनको संघारमा पुगेको थियो ।

विज्ञप्ति

jasapa 1.jpg

jasapa2.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट