जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।
अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त हस्ताक्षर गर्दै जेठ ८ र ९ गते केन्द्रीय कार्यकारिणी बैठक बोलाएका हुन् ।
दुवै अध्यक्षले सहमतिका साथ आज संयुक्त विज्ञप्ति निकालेपछि दुई धारमा विभाजित जसपाको तत्कालको समस्या हल भएको हो ।
केन्द्रीय कार्यकारिणी बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।