बिल गेट्सले आफ्नै महिला कर्मचारीसँग यौन सम्पर्क प्रस्ताव राखेपछि सम्बन्धबिच्छेद भएको खुलासा-Sutra News

बिल गेट्सले आफ्नै महिला कर्मचारीसँग यौन सम्पर्क प्रस्ताव राखेपछि सम्बन्धबिच्छेद भएको खुलासा

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडाैं- माइक्रोसफ्टका संस्थापक बिल गेट्स, एक समय संसारका सब भन्दा धनी मानिसहरु मध्ये एक मानिन्थ्यो । कम्युटर सफ्टवेयरको दुनियामा सबै भन्दा सफल सफल कम्पनीका मालिक बिल गेट्सको अहिले चर्चा चुलिएको छ ।



केही दिन अघि उनी र उनकी श्रीमती मेलिन्दा गेट्स छुट्टिने जाने घोषणा गरे । २७ वर्ष सँगै बसेपछि उनीहरूले गर्न लागेको सम्बन्धविच्छेदको खबर धेरै चर्चामा थियो । तर पछिल्लो समय उनी एक विवाहेत्तर सम्बन्धमा रहेको खुलेको छ । २० वर्षदेखि उनी अर्को कुनै युवतीसँग सम्बन्धमा रहेको खुलेको बीबीसीले दाबी गरेको छ ।

त्यसैको छानबिनका लागि उनले गतसाल माइक्रो सफ्ट कम्पनीको बोर्डबाट राजीनामा दिएका थिए । उनी विवाहेत्तर सम्बन्धमा रहेको विषयमा अनुसन्धान भएकै क्रममा उनले राजीनामा दिए । त्यसको एक वर्षपछि उनले आफ्नी श्रीमतीसँग सम्बन्धबिच्छेदसमेत गरे ।

माइक्रोसफ्टले उसको व्यवहार फरक देखिएपछि अनुसन्धान शुरू गरेको पुष्टि गरेको छ । यद्यपि बिल गेट्सका प्रवक्ताले यसलाई अस्वीकार गरेका छन् । उनका अनुसार बोर्डबाट फिर्ता हुने निर्णयसँग विवाहेत्तर सम्बन्धको कुनै सरोकार थिएन ।

सोमवार माइक्रोसफ्टका  एक प्रवक्ताले विज्ञप्ति निकाल्दै भनेका छन्- ‘कम्पनीमा सन् २०१९ को डिसेम्बरतिर एउटा उजुरी आएको थियो । जसमा २० वर्षअघि बिल गेट्सले कम्पनीकै एक महिला कर्मचारीलाई यौन सम्पर्कका लागि प्रस्ताव गरेका थिए ।’

प्रवक्ताले थप भनेका छन् – ‘बोर्डको एक समितिले यो विषयलाई गम्भीरतापूर्वक लिएको थियो । त्यसै दौरान यो केसमा छानबिनका लागि निजी वकिलहरूबाट कानूनी सहायता लिने निर्णय भएको हो । तर अनुसन्धान पूरा नहुँदै बिल गेट्सले बोर्डबाट राजीनामा दिए । उनले राजीनामा दिने क्रममा भनेका थिए – म मेरो च्यारिटीलाई धेरै समय दिन चाहन्छु, त्यसैले राजीनामा दिएको हुँ । अहिले उनको यही केसका कारण सम्बन्धबिच्छेद भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट