काठमाडौं- विपक्षी दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) तत्काल सरकार नजाने भएको छ ।
मंगलबार पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले जारी गरेको संयुक्त विज्ञप्ति सामाजिक सञ्जालमा पोस्ट गर्दै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले सरकारमा सहभागी नहुनेबारे स्पष्ट पारेका हुन् ।
‘जनता समाजवादी पार्टी राष्ट्रिय सहमति वा आफ्नै नेतृत्वको सरकार बाहेक तत्काल अरू सरकारमा नजाने !’ डा.भट्टराईले भनेका छन् ।
डा.भट्टराईले पार्टीभित्र सिद्धान्तनिष्ठ एकता कायम हुने उल्लेख गर्दै कुनै गुट उपगुटपूर्ण क्रियाकलाप सह्य नहुने पनि बताएका छन् ।