काठमाडाैं- नेकपा एमालेको विवाद मिलाउन गठित कार्यदलको पहिलो बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यदलको औपचारिक पहिलो बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको हो ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच/पाँच गरी १० सदस्यीय कार्यदल बनाएर उनीहरुलाई समाधानको उपाय खोज्न जिम्मेवारी दिइएको थियो ।
कार्यदलमा ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने नेपाल पक्षका नेताहरू भीम रावल,सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।