झापा- झापाको मेचीनगर नगरपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
सोमबार राति करीब १२:३० बजे गाउँ पसेको हात्ती खेदाउने क्रममा मेचीनगर-९ का ४५ वर्षीय श्याम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राति स्थानीय मागुरमाडी सामुदायिक वनबाट जंगली हात्ती गाउँ पसेको थियो । हात्ती खेदाउने क्रममा राईलाई हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको हो ।
घाइते राईको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा गए राति २:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीलाई स्थानीयबासी र प्रहरीले सोही जंगलतर्फ लखेटेका छन् ।