एमाले कार्यदलको पहिलो बैठकः तत्काल आचारसंहिता लागू गर्ने निर्णय-Sutra News

एमाले कार्यदलको पहिलो बैठकः तत्काल आचारसंहिता लागू गर्ने निर्णय

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेद्वारा गठित कार्यदलले पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गर्ने निर्णय गरेको छ ।



मंगलबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले उक्त निर्णय गरेको हो । बैठकले तत्काल आचारसंहित लागु गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको माधव नेपाल पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।

रावलले भने, ‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ।’

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट