ताउ-ते चक्रवातका कारण भारतमा १२ को मृत्यु, ९० बेपत्ता-Sutra News

ताउ-ते चक्रवातका कारण भारतमा १२ को मृत्यु, ९० बेपत्ता

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

काठमाडौं- ताउ-ते चक्रवातका कारण भारतको गुराजत, मुम्बईसहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।



अरब सागरबाट विकास भई गुरातमा ल्याण्डफल भएको ताउ-ते का कारण भारी वर्षा तथा तीव्र गतिमा हावा चलेको छ ।

चक्रवातका कारण मुम्बईको समुद्री किनार नजिक पी ३०५ जहाज डुब्दा कम्तीमा ९० जना बेपत्ता भएका छन् । सो पानी जहाजमा २७० सवार थिए, अहिलेसम्म १७७ जनाको उद्धार गरिएको भारतीय जल सेनाले जनाएको छ ।

बेपत्ताको खोजी भइरहेको सेनाले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ताउ-ते चक्रवातका कारण कम्तीमा १२ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट