काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको मन्त्रिपरिषद्मा दीपक मनाङेसमेत पाँचजना मन्त्री थपिएका छन् ।
बुधबार किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए ।
युवा तथा खेलकुदमन्त्री नियुक्त मनाङे भने शपथ ग्रहण समारोहमा उपस्थित भएनन् । व्यक्तिगत कारणले उनी समारोहमा उपस्थित नभएको बुझिएको छ ।
मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।