काठमाडौं-जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले श्रमिकहरूलाई दैनिक गुजाराका निम्ति राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सडकपेटीमा तरकारी व्यापार गरेर बसिरहेका मानिसहरूलाई प्रहरीले हटाएको र तरकारी कुल्चदै फालेको एक भिडियो सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै डा.भट्टराईले उक्त कार्यको निन्दा गरेका छन् ।
यदि उनीहरूले मापदण्ड मिचैकै हुन् भने सम्झाइबुझाइ गर्नुको सट्टा प्रहरीले दमन गरेकोमा उनले आक्रोश व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले उनीहरूलाई सरकारले राहतको व्यवस्था गर्नुपर्ने बताएका छन् ।निश्चित समय र स्थानमा सुरक्षा मापदण्ड पालन गरेर उनीहरूलाई व्यवसाय गर्न दिन पनि डा.भट्टराईले आग्रह गरेका छन् ।
कोरोना भाइरस नियन्त्रणका लागि मुलुकमा यतिखेर निषेधाज्ञा जारी छ । दिनभरी श्रम गरेर बिहान-बेलुकाको गर्जो टार्ने वर्ग बन्दाबन्दीको
यी गरिखाने श्रमिकहरूलाई कि त दैनिक गुजारानिम्ति राज्यबाट राहतको व्यवस्था हुनुपर्यो, कि त निश्चित समय र स्थानमा सुरक्षा मापदण्ड पालन गरेर व्यवसाय गर्नदिनुपर्यो! यदि उनीहरूले मापदण्ड मिचैकै हुन् भने उनीहरूलाई सम्झाइबुझाइ पो गर्नुपर्यो,किन यस्तो बर्बर आचरण? pic.twitter.com/itMRBFl1R0
— Baburam Bhattarai (@brb1954) May 19, 2021
प्रत्यक्ष मारमा छन् ।