देउवाले प्रधानमन्त्री ओलीलाई बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्रमा के-के छ ?-Sutra News

देउवाले प्रधानमन्त्री ओलीलाई बुझाएको १५ बुँदे ध्यानाकर्षण पत्रमा के-के छ ?

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । बिहीबार सिंहदरबार पुगेर देउवाले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।



कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग छ ।

खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न माग गर्दै देउवाले अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन ध्यानाकर्षण गराएका छन् ।

नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन पनि देउवाको माग छ ।

1.jpg

2.jpg

3.jpg

4.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट