काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले कोरोना ग्राफ र मुलुकको स्वास्थ्य प्रणालीको अवस्था देखाउँदै सत्ताको फोहोरी खेल कहिलेसम्म ? भनि प्रश्न गरेका छन् । उनले बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् उक्त प्रश्न गरेका हुन् ।
‘देशमा कोरोना महाब्याधीबाट संक्रमित हुने(४०%माथि),मृत्यु हुने दर विश्वमै उच्चमध्ये छ।पूर्ण खोप लगाउने२.५%मात्रै छन्!अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ।तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सिजन/ICU/भेन्टिलेटर थप्न सक्दैन?खै खोपको आपूर्ति? सत्ताको फोहोरी खेल कहिलेसम्म?’, डा.भट्टराईले भने ।
देशमा कोरोना महाब्याधीबाट संक्रमित हुने(४०%माथि),मृत्यु हुने दर विश्वमै उच्चमध्ये छ।पूर्ण खोप लगाउने२.५%मात्रै छन्!अक्सिजन,आइसीयू,भेन्टिलेटरको हाहाकार छ।तर सरकार किन सरकारी अस्पतालका खाली भवनमा बेड/अक्सिजन/ICU/भेन्टिलेटर थप्न सक्दैन?खै खोपको आपूर्ति? सत्ताको फोहोरी खेल कहिलेसम्म?
— Baburam Bhattarai (@brb1954) May 20, 2021