बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु-Sutra News

बुर्किनाफासोमा भएको हिंसामा १५ सर्वसाधारण र १२ हतियारधारीको मृत्यु

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

ओगादुगु- बुर्किनाफासोमा मंगलबार यहाँको अज्ञात बन्दुकधारीहरुको एक समूहले कम्तीमा पनि १५ जना स्थानीय सर्वसाधारण नागरिकको हत्या गरेको बताइएको छ ।



उत्तरी बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजाराना भन्ने स्थानमा सो हत्याकाण्ड भएको हो । मंगलबार यस गाउँमा आएका ठूलो संख्याका हतियारधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर ती गाउँलेको ज्यान लिएका थिए ।

त्यस्तै यहाँको उत्तरी राएल क्षेत्रमा यहाँको सैनिकले गरेको कारबाहीमा परेर १२ जना हतियारधारी मारिएका छन् । उनीहरु पनि गाउँलेलाई आक्रमण गर्नका लागि सो क्षेत्रमा पुगेका थिए ।

त्यस क्रममा सेनाले गरेको कारबाहीमा उनीहरु मारिएका हुन् । मंगलबार बुर्किनाफासोको आउडल्याण्ड प्रान्तको आडजारानामा पुगेका हतियारधारीले गरेको हमलामा मारिएका १५ जना स्थानीय गाउँले रहेका बताइएको छ ।

सो प्रान्तमा केही समय यतादेखि जातिय हिंसा सुरु भएको पाइएको छ ।त्यस हिंसामा परेर एक हजार भन्दा बढी नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जनता त्यहाँबाट विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट