काठमाडाैं- नेकपा एमालेका नेता तथा निवर्तमान गृहमन्त्री रामबहादुर थापा (बादल) राष्ट्रियसभा उपनिर्वाचनमा पराजित भएका छन् ।
बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा बादलका मुख्य प्रतिद्वन्द्वी खिमलाल देवकोटा विजयी भएका हुन् ।
देवकोटाले ५ हजार ८८ मतभार पाउँदा बादलले ४ हजार १४ मतभार पाएका छन् ।