राष्ट्रपति विद्यादेवी भण्डारीले २ अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरिएको उल्लेख छ ।
नेपालमा सपथसम्बन्धी संघीय कानूनको अभाव थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिंदा ‘त्यो पर्दैन’ भनेपछि विवाद निम्तिएको थियो ।
विवादका बीचमा सपथ सम्बन्धी अध्यादेश जारी भएको हो ।
त्यस्तै कोभिड १९ नियन्त्रणका लागि जारी भएको अध्यादेशले खरिद प्रक्रियामा देखिने कानूनी जटिलता समाधान गर्ने बताइएको छ ।