काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीमा अध्यक्ष केपी शर्मा ओली पक्षको अहंकार उस्तै रहेको टिप्पणी गरेकी छिन् ।
बिहीबार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका खिमलाल देवकोटालाई बधाई ज्ञापन गर्दै नेतृ झाँक्रीले त्यस्तो टिप्पणी गरेकी हुन् ।
पार्टीमा आफूहरू एउटा स्पेसका लागि संघर्ष गरिरहेको बताउँदै झाँक्रीले भनिन्, ‘अहिले पार्टी भित्रै एउटा स्पेसका लागि संघर्षरत अबस्थामा छौं । पार्टी भित्रको परिस्थितिमा कुनै बदलाव आएको छैन।अहंकार उस्तै छ । अन्यायको विरुद्ध बिद्रोह निश्चित छ ।’